दमाैली । व्यास नगरपालिकामा मेयर पदका उम्मेदवार दीपकराज जोशीले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै जोशीले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
प्रतिबद्धता पत्र सार्वजनिक गर्दै जोशीले आफ्नो एजेण्डाका कारण आफूले जित्ने बताए । नेकपा एमालेको समर्थनमा मेयर उम्मेदवार बनेका जोशीले नगरपालिकालाई केवल नारामा मात्र नभईकन व्यवहारमै सुव्यवस्थित, समुन्नत र सुन्दर नगरपालिका बनाइने बताए ।
नगरको विकास स्थानीय उपभोगलाई दृष्टिगत गरी उत्पादनमा जोड दिएर आयातलाई न्यूनीकरण गर्ने खालको चक्रीय अर्थव्यवस्थाको आधारमा गरिने जोशीले बताए । नगरपालिकाभित्रकै स्रोतहरुको सही परिचालन, प्रयोग, पुनप्रयोग र पुनस्र्थापना सिद्धान्तमा आधारित चक्रीय प्रणाली अपनाएर नगरको विकास गरिने जोशीले बताए ।
पूर्ण पाठ