उम्मेदवार टुंगो लगाउँदै नेपाली कांग्रेस तनहुँ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उम्मेदवार टुंगो लगाउँदै नेपाली कांग्रेस तनहुँ

    खबरपुञ्ज संवाददाता

    ११ बैशाख २०७९, सोमबार

    दमौली । नेपाली कांग्रेस तनहुँ उम्मेदवार टुंगो लगाउने अन्तिम तयारीमा जुटेको छ । गाउँपालिका तथा वडाका उम्मेदवार टुंगो लगाउन संसदीय समितिको बैठक बस्दैछ ।

    जिल्ला संसदीय समितिको बैठकले गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंगो लगाउनेछ भने क्षेत्रीय संसदीय समिति बैठकले वडाध्यक्ष र वडा सदस्यका उम्मेदवार टुंगो लगाउनेछ ।

    कांग्रेस जिल्ला सदस्य डम्बर अधिकारीका अनुसार सत्तागठबन्धनको बैठक पनि बस्दैछ । गठबन्धनको बैठकले सिट भागबण्डामा सहमति गर्नेछ । जिल्ला तहमा गठबन्धनमा कुरा नमिलेपछि केन्द्रबाटै सहमति गरेर अगाडी बढ्न दबाब आएको बुझिएको छ ।

    ठूला दलले उम्मेदवार टुंगो नलगाउँदा आइतबार स्वतन्त्र र साना दलले मात्रै उम्मेदवार दर्ता गराएका थिए ।