घिरिङको अध्यक्षमा कांग्रेसबाट गंगाको उम्मेदवारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    घिरिङको अध्यक्षमा कांग्रेसबाट गंगाको उम्मेदवारी

    खबरपुञ्ज संवाददाता

    ११ बैशाख २०७९, सोमबार

    घिरिङ । घिरिङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट गङ्गाराम कुमालको उम्मेदवारी दर्ता भएको छ । घिरिङ गाउँपालिका वडा नम्बर १ का अध्यक्ष रहिसकेका कुमालले गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन् ।

    घिरिङमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको गठबन्धन बनेको छ । गठबन्धनबाट उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका पूर्णबहादुर थापाले उम्मदेवारी दर्ता गरेका छन् । उनी एमालेबाट केही दिन अगाडी मात्रै नेकपा एसमा प्रवेश गरेका थिए ।

    यसैगरी कांग्रेसबाट वडा नम्बर १ को अध्यक्षमा रविचन्द्र घोरासैनी, २ को अध्यक्षमा विष्णुवीर थापा, ३ को अध्यक्षमा बोमबहादुर राना, ४ को अध्यक्षमा वीरबहादुर थापा र ५ को अध्यक्षमा विष्णुविर आलेको उम्मेदवारी दर्ता भएको छ ।