एमालेबाट घिरिङको अध्यक्षमा होमबहादुरको उम्मेदवारी दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    एमालेबाट घिरिङको अध्यक्षमा होमबहादुरको उम्मेदवारी दर्ता

    खबरपुञ्ज संवाददाता

    ११ बैशाख २०७९, सोमबार

    घिरिङ । नेकपा एमालेको तर्फबाट घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापाको उम्मेदवारी दर्ता भएको छ । एमाले जिल्ला सचिवालय सदस्य रहेका थापाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

    उपाध्यक्षमा राधादेवी अधिकारीको उम्मेदवारी दर्ता भएको छ । एमालेले घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुरानै जनप्रतिनिधिलाई दोहो¥याएन ।

    एमालेबाट वडा नम्बर १ को अध्यक्षमा विष्णुप्रसाद ढकाल, २ को अध्यक्षमा नरबहादुर थापा, ३ को अध्यक्षमा टहलसिं थापा, ४ को अध्यक्षमा भिमबहादुर कुमाल र ५ को अध्यक्षमा जस्मान थापाको उम्मेदवारी परेको छ ।