नेपाली कांग्रेसको घरदैलो सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    नेपाली कांग्रेसको घरदैलो सुरु

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०७९, शुक्रबार

    दमाैली । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले दमौलीमा घरदैलो अभियान सुरु गरेको छ । व्यास नगरपालिका–२ का उम्मेदवारहरुले शुक्रबारदेखि घरदैलो अभियान सुरु गरेका हुन् ।

    वडाध्यक्षका उम्मेदवार काशीराम श्रेष्ठ, सदस्यहरु रफत साना मियाँ, सविता रसाइली, सुरेश वाग्ले, जगतबहादुर बानियाँ लगायतले मतदातासँग मत माग्दै घरदैलो अभियान सुरु गरेका हुन् ।

    घरदैलो अभियानमा नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, कांग्रेस नेता रामचन्द्र पोख्रेल लगायत सहभागी थिए ।