व्यास-५ मा एमालेकाे सम्पर्क कार्यालय स्थापना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    व्यास-५ मा एमालेकाे सम्पर्क कार्यालय स्थापना

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०७९, शुक्रबार

    दमाैली । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरि व्यास-५ चापाघाटमा नेकपा एमाले र जोशी समूहले सम्पर्क कार्यालय स्थापना गरेकाे छ ।

    कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार दिपकराज जोशिले व्यास नगरपालिकामा सक्षम नेतृत्वको आवश्यकता रहेको बताउदै अहिलेको नेतृत्वले नगरको विकास पाँच पछि पारेको आरोप लगाए ।

    उपमेयरको उम्मेदवार बसुन्धरा घर्तीले व्यासको नेतृत्व परिवर्तन गरेमा व्यासको विकास हुने दावी गरिन् ।

    व्यास ५ बाट वडाअध्यक्षमा विष्णुकुमार श्रेष्ठ हिमाल, सदस्यमा मनमाया श्रेष्ठ,मनुमाया विक, मदन पण्डित र जोशी समुहबाट बबिन्द्र खनाल उम्मेदवार रहेका छ्न्।