वडा सदस्यका उम्मेदवारको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    वडा सदस्यका उम्मेदवारको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०७९, शुक्रबार

    माेरङ । मोरङको केराबारी गाउँपालिकामा वडा सदस्य पदका एक उम्मेदवारको  मृत्यु भएको छ।

    नेपाली कांग्रेसबाट केराबारी वडा नम्बर २ का वडा सदस्यका उम्मेदवार नवीन लिम्बुको शुक्रबार बिहान मृत्यु भएको हो।

    अघिल्लो दिन भोट माग्ने अभियानमा सक्रिय भएर स्वस्थ अवस्थामा सुतेका उनी शुक्रबार अचानक बेहोस भएर ढलेको गाउँपालिका निवर्तमान अध्यक्ष रोहितबहादुर कार्कीले बताए। 

    उपचारका लागि केराबारी बजारतर्फ ल्याउँदै गर्दा लिम्बुको बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले बतायो। मृत्युको कारण पत्ता लगाउन पोष्टमार्टमका लागि पठाइएको कार्कीले जानकारी दिए।