बागी उम्मेदवारी फिर्ता लिन एमाले तनहुँको निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बागी उम्मेदवारी फिर्ता लिन एमाले तनहुँको निर्देशन

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०७९, शुक्रबार

    दमाैली । आसन्न स्थानीय तह निर्वाचनका लागि बागी उम्मेदवारी दर्ता गरेका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन नेकपा एमाले तनहुँले निर्देशन दिएको छ । नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले शुक्रबार विज्ञप्ती जारी गरी आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएकालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् ।

    भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिकामा पार्टीका उम्मेदवार विरुद्धका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता र पार्टीका आधिकारिक उम्मेदवारलाई समर्थन गरी निर्वाचनमा लाग्न निर्देशन दिइएको छ । बागी उम्मेदवार फिर्ता नलिनेलाई पार्टीको विधान बमोजिम कारवाही गरिने एमालेले जनाएको छ ।

    No description available.