व्यासका एक स्वतन्त्र उम्मेदवारको उम्मेदवारी फिर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासका एक स्वतन्त्र उम्मेदवारको उम्मेदवारी फिर्ता

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०७९, शुक्रबार

    दमाैली । व्यास नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका एक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । व्यास नगरपालिका–११ मा वडाध्यक्षको उम्मेदवारी दिएका सुशील पौडेलले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी फिर्ता लिएका हुन् । सहायक निर्वाचन अधिकृत कृष्ण गौतमका अनुसार दिउँसो ३ बजेसम्म एक जनाको मात्रै उम्मेदवारी फिर्ता भएको छ । साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय छ ।