व्यासको मेयरमा नेकपा एसका शंकरनारायण र स्वतन्त्र वृषराजको उम्मेदवारी फिर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासको मेयरमा नेकपा एसका शंकरनारायण र स्वतन्त्र वृषराजको उम्मेदवारी फिर्ता

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०७९, शुक्रबार

    दमौली । व्यास नगरपालिकामा नेकपा एकीकृत समाजवादीका तर्फबाट मेयरका उम्मेदवार शंकरनारायण श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष समेत रहेका श्रेष्ठले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् ।

    यसैगरी स्वतन्त्र रुपमा मेयरमा उम्मेदवारी दिएका वृषराज श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

    व्यास नगरपालिकामा १८ जनाले उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत कृष्ण गौतमले जानकारी दिए ।

    स्रोतका अनुसार व्यासमा नेकपा एस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेको छ । तर व्यासमा माओवादी केन्द्रका तर्फबाट उपमेयरको उम्मेदवारी फिर्ता भएको छैन ।

    नेकपा एसले व्यास-२ का वडाध्यक्षमा राजकुमार श्रेष्ठलाई समर्थन गर्ने बताएको छ। नेकपा एसका वडाध्यक्षका उम्मेदवार प्रेमकुमार श्रेष्ठले उम्मेदवारी फिर्ता गरेका छन् ।