आचारसंहिताको खिल्ली उडाउँदै जलदेवीका प्रअ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    आचारसंहिताको खिल्ली उडाउँदै जलदेवीका प्रअ

    खबरपुञ्ज संवाददाता

    १६ बैशाख २०७९, शनिबार

    दमौली । व्यास नगरपालिका-१ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक जयराम सेढाईले निर्वाचन आचारसंहिताको खिल्ली उडाउँदै पार्टीको प्रचार गरेका छन् ।

    उनले सामाजिक सञ्जाल मार्फत् नेपाली कांग्रेसलाई मत माग्दै प्रचार गरेका हुन् ।

    निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको ‘सामुदायिक विद्यालय वा नेपाल सरकार वा प्रदेश सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण’ मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ ।