दमाैली । नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले स्थानीय तह निर्वाचनमा आचारसंहिता उल्लघंन गर्ने पत्रकारको तथ्यांक संकलन सुरु गरिएको बताएका छन् । निर्वाचन नजिकिदै जाँदा पत्रकारहरुबाट पनि आचारसंहिता उल्लघंनको गुनासो आउन थालेपछि महासंघले त्यस्ता पत्रकारको तथ्यांक संकलन सुरु गरेको पौडेलले बताए ।
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन पत्रकारको भूमिका हुने भएकाले पत्रकारहरुले आचारसंहिता पालना गर्नुपर्ने पौडेलले बताए । “पेशालाई शुद्धिकरण गर्न खोजेका छौ, निर्वाचनमा आचारसंहिता उल्लघंन गर्नेका सुक्ष्म अध्ययन गर्छौ,” उनले भने ।