म्याग्देका जनता परिवर्तन चाहेका छन् : अध्यक्षका उम्मेदवार श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देका जनता परिवर्तन चाहेका छन् : अध्यक्षका उम्मेदवार श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    १६ बैशाख २०७९, शनिबार

    म्याग्देे । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै सँग नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दे गाउँ कमिटीले चुनावी अभियान तीव्र पारेकाे छ । उम्मेदवारीकाे अन्तिम नामावली प्रकाशन भएसँगै म्याग्दे गाउँपालिकामा चुनावी अभियानलाई तीव्रता दिइएकाे नेकपा एमाले म्याग्देका अध्यक्ष वसन थापाले जानकारी दिए ।

    चुनावी अभियानको शुभारम्भ गर्दे नेकपा एमाले तनहुँका अध्यक्ष एवं म्याग्दे गाउँपालिकाका अध्यक्षका उम्मेदवार श्रीप्रसाद श्रेष्ठले म्याग्देका जनताले परिवर्तन चाहेको बताए । ‘अबको नेतृत्व नयाँ युवा पुस्तामा आउनुपर्दछ, जसले समाजमा सकारात्मक प्रभाव र परिवर्तन सम्भव छ,’ उनले भने ।

    गत स्थानीय तहको निर्वाचनमा जितेर गएका उम्मेदवारले केही उल्लेखनीय काम गर्न नसकेकाे भन्दै उनले थपे, ‘अब नेकपा एमालेको नेतृत्वमा हामी अगुवाई गर्दछौ । यसका लागि हाम्रो अभियान तीव्रताका साथ अगाडी वढाएका छौ ।’

    उपाध्यक्षका उम्मेदवार रत्नादेवी घिमिरेले सुशासन र समृद्धि एमालेको मूल मर्म भएकाे बताइन् ।