म्याग्दे । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका म्याग्दे गाउँपालिका–२ का एमाले उम्मेदवारले दभुङ चण्डी मन्दिर पुगेर वाचा गरेका छन् । चुनावी अभियानका क्रममा एमाले उम्मेदवारले आइतबार चण्डीदेवी मन्दिरमा पुगेर वडालाई समृद्ध बनाउने वाचा गरेका हुन् ।
समृद्ध म्याग्दे र वडा बनाउने जनताको सपनालाई साकार बनाउने सङ्कल्प एमाले उम्मेदवारले लिएकाे म्याग्देका उपसचिव सन्दिप रानाभाटले जानकारी दिए । उक्त वडामा एमालेका तर्फबाट अध्यक्षमा हरिकृष्ण श्रेष्ठको नेतृत्वमा चुनावी अभियान सञ्चालन भइरहेको छ ।