दमाैली । नेपाली कांग्रेस तनहुँले आधिकारिक उम्मेदवार विरुद्ध बागीका पक्षमा प्रचारप्रसारमा संलग्न नहुन निर्देशन दिएको छ । कांग्रेस जिल्ला सभापति जितप्रकाश आलेको सभापतित्वमा मंगलबार बसेको बैठकले बागी उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न नहुन निर्देशन दिएको हो ।
कांग्रेसले स्वतन्त्र एवं बागी उम्मेदवारलाई यथाशीघ्र उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई सघाउन अनुरोध गरेको सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।
कांग्रेसले समर्थन गरेको गठबन्धनको उमेदवारको विरुद्धमा समेत नलाग्न निर्देशन दिइएकाे खनालले बताए ।