दमाैली । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गर्ने चुनावी सभामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा तनहुँ आउने भएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी वैशाख २४ गते आयोजना हुने सभालाई सम्बोधन गर्न कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा तनहुँ आउन लागेका हुन् ।
सभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा. प्रकाशशरण महतले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।