मानेचौका पुगेर जोशीले भने, ‘एमालेको नेतृत्वमा मात्र भानुको विकास सम्भव छ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मानेचौका पुगेर जोशीले भने, ‘एमालेको नेतृत्वमा मात्र भानुको विकास सम्भव छ’

    खबरपुञ्ज संवाददाता

    २२ बैशाख २०७९, शुक्रबार

    भानु । नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले एमालेको नेतृत्वमा मात्र भानु नगरपालिकाको विकास र सम्बृद्धी सम्भव रहेको बताएका छन् । भानु नपा ११ स्थित मानेचौकामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता जोशीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदबारहरुलाई विजयी गराई भानु नगरपालिकाको समृद्धीको सपना पुरा गर्नु पर्ने बताए ।

    भानु नगरपालिमा एमाले र जोशी समुहको चुनावी तालमेल रहेको छ । मेयरमा एमालेका सिताराम बजगाई र उपमेयरमा जोशी समुहका केशरबहादुर गुरुङ उम्मेदबार रहेको छ । वडा अध्यक्षहरुमा वडा नम्बर ११ र १३ मा जोशी समुहको र अन्य वडामा एमालेका उम्मेदबारहरु रहेका छन् ।

    चुनावी सभालाई सम्बोधन गर्दै जोशीले नेपाली काँग्रेसले आफ्नो सिद्धान्त बेचेर खाईसकेको र सत्ताको लागि जो सँग पनि मिल्ने र जता पनि जाने भएको हुँदा अव काँग्रेसका कार्यकर्ताहरुले गम्भिर भएर सोच्नु पर्ने बताए । भानु नगरपालिकामा यस अघि काँग्रेसका उम्मेदबारहरुलाई जिताउन आफु दिनरात लागेको भन्दै जोशीले तर निर्वाचित भईसकेपछि उनीहरुले नगरको विकासको लागि केही काम गर्न नसकेको आरोप लगाए । मानेचौका नेता जोशीको जन्मस्थल पनि हो ।

    सो कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती न्यौपानेले एमाले र जोशी समुहका उम्मेदबारहरुलाई बिजयी गराई भानु नगरपालिकाको विकास र समृद्धीको नेतृत्व गर्नु पर्ने बताइन् ।न्यौपानेले भानु क्षेत्रको विकासको लागि एमालेको नेतृत्व अपरिहार्य भएको बताईन् ।