कांग्रेसको दमौली आमसभाको सन्देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेसको दमौली आमसभाको सन्देश

    खबरपुञ्ज संवाददाता

    २३ बैशाख २०७९, शनिबार

    दमौली । नेपाली कांग्रेस तनहुँले शनिबार दमौलीमा आमसभा गर्यो । स्थानीय तह निर्वाचनलाई लक्षित गरी कांग्रेसले आमसभा गरेको हो ।

    आमसभालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रवक्ता डा. प्रकाशशरण महत लगायतका नेताहरुले सम्बोधन गरे ।

    देशका मुख्य ठूला शहरमा आमसभा गरेको कांग्रेसले व्यासमा पनि प्रधानमन्त्री ल्याएर आमसभा गरी कांग्रेस उम्मेदवारलाई विजयी गराउन आव्हान गर्यो ।

    कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला र गृहनगर भएकाले पनि व्यासमा छुट्टै चासो छ । त्यसमाथि कांग्रेसकै नेता गोविन्दराज जोशीले एमालेसँग सहकार्य गरेपछि चुनाव थप पेचिलो बनेको छ । एमालेसँगको सहकार्यमा जोशीका छोरा दिपकराज जोशी व्यासको मेयरमा उठेका छन् ।

    दोस्रो कार्यकालका लागि मेयर उठेका न्यौपानेप्रति कांग्रेसकै नेताहरु असन्तुष्ट छन् । कांग्रेसभित्रकै असन्तुष्टि र जोशीको एमालेसँगको सहकार्यले व्यासमा कांग्रेस नेता तथा कार्यकर्ता झस्किएका छन् ।

    व्यास नगरपालिकामा नेपाली कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा छ । व्यासका कुनै पनि वडामा गठबन्धन भएको छैन । कांग्रेसको पक्षमा लहर बनाउन केन्द्रीय नेतृत्वलाई दमौली ल्याइएको चर्चा चलेको छ । ‘पौडेलको गृहजिल्ला भएपनि पौडेलको लोकप्रियता घट्दो छ, त्यही कारण प्रधानमन्त्रीलाई प्रमुख वक्ताको रुपमा ल्याइएको हुन सक्छ,’ एक नगरवासीले भने ।