दमौली । व्यास नपा वडा नं ५ का वडाध्यक्षका उम्मेदवार विष्णुकुमार श्रेष्ठ हिमालले युवालाई उत्पादनसँग जोड्ने बताएका छन् । व्यास ५ को चुदेरमा आयोजित आमसभालाई सम्वोधन गर्दे उम्मेदवार श्रेष्ठले युवापुस्तालाई उत्पादनसँग नजोडी परिवर्तन सम्भव नहुने बताए ।
प्रविधिको प्रयोग गरि नयाँ पुस्तालाई उत्पादनमा जोडेर आत्मनिर्भर बन्न सकिने उनले बताए । कृषिमा अपार सम्भावना रहेको छ तर यसको महत्व युवा पुस्तालाई वुझाउन नसक्दा युवा पलायन हुन बाध्य भएको हुदाँ आफनो पहिलो योजना युवामैत्री हुने बताए ।
परम्परावादी उत्पादन प्रणालीले जीवनमा उल्लेख्य परिवर्तन गर्न असम्भव रहेको हुँदा प्रविधियुक्त र व्यवसायिक उत्पादनमा लाग्न नेकपा एमाले वडा नं ५ का वडाध्यक्ष राजकुमार श्रेष्ठले सुझाव दिए ।
चुनावी घरदैलोको क्रममा नेकपा एमाले तनहुँका जिल्ला कमिटी सदस्य प्रेम प्रसाद पौडेल, जिल्ला सल्लाहकार सदस्य दिपेन्द्र शाहीले सम्बोधन गरेका थिए ।