विश्व रेडक्रस दिवसमा ज्येष्ठ नागरिक आश्रमलाई फलफूल सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विश्व रेडक्रस दिवसमा ज्येष्ठ नागरिक आश्रमलाई फलफूल सहयोग

    खबरपुञ्ज संवाददाता

    २४ बैशाख २०७९, आईतवार

    दमौली । विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसले वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई सहयोग गरेको छ।

    सर्कलले व्यास-५ चापाघाटस्थित आश्रमलाई आइतबार फलफूल सहयोग गरेको हो । आश्रमका पॉच जना ज्येष्ठ नागरिकलाई सहयोग गरिएको सर्कलका अध्यक्ष सन्देश अधिकारीले बताए ।

    आश्रमकी अध्यक्ष सकुन्तला आलेले युवाहरुको सहयोगप्रति आभार व्यक्त गरे । सो अवसरमा आश्रमकी सहसचिव सरु श्रेष्ठ, सदस्य पवित्रा खनाल, सर्कलकी सचिव सुनिता तिवारी, सदस्य सविन लामिछाने लगायतले बोलेका थिए ।