दमौली । स्थानीय तह निर्वाचनका लागि तनहुँमा बिहीबार राति १२ बजेदेखि नै सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले बिहीबार सूचना प्रकाशित गरी राति १२ बजेदेखि नै सवारी सञ्चालनमा रोक लगाउने जनाएको हो ।
यसअघि बिहान ५ बजेसम्म सवारी सञ्चालन गर्न सकिने भएपनि निर्वाचन आयोगको निर्णय अनुसार १२ बजेदेखि नै सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।