तनहुँमा करिब ३५ प्रतिशत मत खस्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा करिब ३५ प्रतिशत मत खस्यो

    खबरपुञ्ज संवाददाता

    २९ बैशाख २०७९, शुक्रबार

    दमाैली । स्थानीय तह निर्वाचन अन्तर्गत आज भइरहेको मतदानमा तनहुँ जिल्लामा करिब ३५ प्रतिशत मत खसेको छ । जिल्लाका चार नगरपालिका, छ गाउँपालिका र ८५ वडामा नयाँ जनप्रतिनिधि चयनका लागि भइरहेको मतदानमा बिहान ११ः३० बजेसम्म करिब ३५ प्रतिशत मत खसेको अनुमान गरिएको हो ।

    जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले सबै मतदान केन्द्रबाट तथ्याङ्क लिने काम भइरहेको जानकारी दिए। जिल्लाका दुई सय ९७ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको उनले बताए ।

    निर्वाचनबाट तनहुँमा चार सय ४४ जनप्रतिनिधि निर्वाचित हुने भएका हुन् । एक जना दलित महिला सदस्य निर्विराेध निर्वाचित भइसकेकी छन् ।

    चार नगरपालिकाबाट प्रमुख र उपप्रमुख गरी आठ जना निर्वाचित हुनेछन् । छ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी १२ जना निर्वाचित हुनेछन् । त्यस्तै ८५ वडाबाट एक अध्यक्ष र चार सदस्य गरी चार सय २५ जना निर्वाचित हुनेछन् । तनहुँका दश पालिकामा एक हजार छ सय भन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ ।