म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिकामा जारी मतगणना अनुसार नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन् । २२९१ मतगणना सकिदा एमालेका अध्यक्ष उम्मेदवार श्रीप्रसाद श्रेष्ठले एक हजार ८९ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसकी अध्यक्ष उम्मेदवार मायादेवी रानाले भने सात सय ९७ मत प्राप्त गरेकी छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले सुरुवातदेखि नै अग्रता कायम राखेका छन् । घिमिरेले एक हजार ५४ मत पाउँदा एमाले उम्मेदवार रत्नादेवी घिमिरेले आठ सय ५९ मत प्राप्त गरेकी छन् ।
नेकपा माओवादी केन्द्रका दिलीपकुमार श्रेष्ठले अध्यक्षमा एक सय ३८ र उपाध्यक्षमा दुर्गा थापाले एक सय १९ मत प्राप्त गरेकी छन् ।