म्याग्दे । म्याग्दे गाउँपालिकाको अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठले सुरुदेखि नै अग्रता कायम राखेका छन् । हालसम्म ६ हजार दुई सय ८७ मत गणना सकिँदा श्रेष्ठले दुई हजार आठ सय ४१ मत प्राप्त गरेका छन् ।
नेपाली काङ्ग्रेसकी उम्मेदवार मायादेवी रानाले दुई हजार दुई सय ६६ मत प्राप्त गरेकी छन् । उपाध्यक्षमा भने नेपाली काङ्ग्रेसका बालकृष्ण घिमिरेको अग्रता कायम छ । उनले दुई हजार आठ सय १२ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार रत्नादेवी घिमिरेले दुई हजार तीन सय सात प्राप्त गरेकी छन् ।
म्याग्दे गाउँपालिकामा वडा नम्बर १, २ र ३ को मतगणना सम्पन्न भइसकेको छ भने अहिले वडा नम्बर ४ को मतगणना जारी छ । वडा नम्बर १ र ३ मा एमालेले र २ मा काङ्ग्रेसले जितेको छ ।