म्याग्दे–५ मा काङ्ग्रेसको प्यानल विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे–५ मा काङ्ग्रेसको प्यानल विजयी

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०७९, सोमबार

    म्याग्दे । म्याग्दे गाउँपालिका–५ मा नेपाली काङ्ग्रेसले प्यानल सहित विजय हासिल गरेको छ । वडाध्यक्षमा शिवबहादुर आले पाँच सय ७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी नेकपा एमालेका श्रीकुमार थापाले तीन सय छ मत प्राप्त गर्नुभयो ।

    सदस्यमा लोकेन्द्र गुरुङ पाँच सय ८६, खिमानन्द वाग्ले पाँच सय ८५, महिला सदस्यमा चिनीमाया थापा छ सय ३१ र दलित महिला सदस्यमा सविता विक छ सय आठ मत प्राप्त गरी विजयी हुनुभएको छ ।