बन्दीपुर–५ मा माओवादीको प्यानल विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुर–५ मा माओवादीको प्यानल विजयी

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०७९, सोमबार

    बन्दीपुर । बन्दीपुर गाउँपालिका–५ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडाध्यक्षमा ध्रुवप्रसाद लामिछाने छ सय ९१ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

    प्रतिस्पर्धी नेकपा एमालेका मिमबहादुर गुरुङले चार सय ९२ मत प्राप्त गर्नुभएको छ ।

    महिला वडा सदस्यमा माओवादीकै रञ्जिता श्रेष्ठ रानाले पाँच सय ५३, दलित महिला सदस्यमा विन्दु नेपालीले पाँच सय ५५, खुल्ला सदस्यमा छविलाल गुरुङले पाँच सय २२ र लक्ष्मी गुरुङले पाँच सय दुई मत प्राप्त गरी विजयी हुनुभएको छ ।