म्याग्दे । म्याग्दे गाउँपालिका–७ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा बसन्तकुमार श्रेष्ठ सात सय २२ मत प्राप्त गरी विजयी भएका हुन् ।
प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका नरबहादुर आलेले पाँच सय ८३ मत प्राप्त गर्नुभयो ।
खुल्ला सदस्यमा एमालेकै लक्ष्मण घर्तीले छ सय २६, धु्रव बहादुर नेपालीले छ सय १०, महिला सदस्यमा केशीमाया मगरले छ सय ३१ र दलित महिला सदस्यमा फूलमाया नेपालीले छ सय ४० मत प्राप्त गरी विजयी भएका छन् ।