बन्दीपुर । बन्दीपुर गाउँपालिकामा एमाले र माओवादीबीच कडा प्रतिस्पर्धा देखिएको छ । सात हजार चार सय २३ मतगणना सकिँदा गाउँपालिका अध्यक्षमा दुवैको बराबर मत आएको छ । नेपाली कांग्रेस भने निकै पछाडि छ ।
एमाले अध्यक्ष उम्मेदवार सुरेन्द्र थापाले दुई हजार चार सय र माओवादी उम्मेदवार पूर्णसिं थापाले दुई हजार चार सय मत प्राप्त गरेका छन् ।
गाउँपालिकामा कूल दश हजार दुई सय पाँच मत खसेको छ ।