सरकारी जागिर त्यागेका शालिकराम बने वडाध्यक्ष
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सरकारी जागिर त्यागेका शालिकराम बने वडाध्यक्ष

    खबरपुञ्ज संवाददाता

    ३ जेष्ठ २०७९, बुधबार

    दुलेगौडा । सरकारी जागिर त्यागेर चुनावी मैदानमा उत्रिएका शालिकराम भट्टराई वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा सचिवको जागिर छाडेका भट्टराई नेकपा एमालेको तर्फबाट शुक्लागण्डकी–११ को वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

    भट्टराईले एक हजार ३८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटम प्रतिद्धन्दी सत्ता गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका थमन आलेले ८८० मत प्राप्त गरे । थमनलाई नेपाली कांग्रेस र माओवादी केन्द्रको समर्थन थियो । एमालेबाट दुई वडा सदस्य विजयी भएका छन् । दलित महिला सदस्यमा संगिता विकले ९३८ र खुला महिला सदस्यमा डोलमाया गुरुङले ९९२ मत पाएर विजयी भए ।

    खुला सदस्यमा माओवादी केन्द्रका खिमलाल भण्डारीले ९६३ र नेपाली कांग्रेसका गिरबहादुर थापाले ९८६ मत पाएर विजयी भए । यो वडामा दुई हजार २८६ मत खसेको थियो ।