धारिलो हतियार प्रहारबाट देउरालीनगरमा एक जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    धारिलो हतियार प्रहारबाट देउरालीनगरमा एक जना घाइते

    खबरपुञ्ज संवाददाता

    ४ जेष्ठ २०७९, बिहीबार

    दमाैली । व्यास नगरपालिका–३ देउरालीनगरमा धारिलो हतियार प्रहारबाट बिहीबार दिउँसो एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय वीरबहादुर सारु रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    घाइते सारुको टाउकोमा गहिरो चोट लागेकाले समाधान अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि पोखरा पठाइएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए।

    सारुलाई प्रहार गर्नेलाई प्रहरीकोका बुझाइएको छ । स्थानीय दधिराज घिमिरेका अनुसार सारुलाई प्रहार गर्ने व्यक्तिले ‘मैले मान्छे हाने दाई’ भन्दै आएका थिए । तत्कालै घिमिरेलाई प्रहरीको जिम्मा लगाइएको घिमिरेले जानकारी दिए।

    ती व्यक्तिको मानसिक सन्तुलन ठीक नभएको बुझिएको छ । उनी घाइतेको आफन्त पर्ने बुझिएको छ । “केही बोल्दैनन्, नाम खुलेको छैन, अनुसन्धान गर्दैछौ,” प्रनाउ खड्काले भने।