कांग्रेस तनहुँ–१ क्षेत्रीय सभापतिमा तीन जनाको उम्मेदवारी दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस तनहुँ–१ क्षेत्रीय सभापतिमा तीन जनाको उम्मेदवारी दर्ता

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०८३, सोमबार

    तनहुँ, १२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति पदका लागि विश्वेश्वर खनाल, सूर्यचन्द्र हड्खले र आनन्दराज त्रिपाठीले उम्मेदवारी दर्ता गराएका छन्।

    क्षेत्रीय सभापति पदमा तीन जनाको उम्मेदवारी परेसँगै तनहुँ–१ को क्षेत्रीय अधिवेशनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। उम्मेदवारहरूले पार्टी संगठनलाई थप सुदृढ बनाउने तथा कार्यकर्ताबीचको एकता र समन्वयलाई प्राथमिकता दिने बताएका छन्।