शुक्लागण्डकीका मेयर पण्डितले गरे पदभार ग्रहण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीका मेयर पण्डितले गरे पदभार ग्रहण

    खबरपुञ्ज संवाददाता

    ५ जेष्ठ २०७९, शुक्रबार

    दुलेगौंडा : शुक्लागण्डकी नगरपालिकाका नवनिर्वाचित मेयर कृष्णराज पण्डितले पदभार ग्रहण गरेका छन्  । शुक्रबार जिल्ला न्यायधिश हरिषचन्द्र ढुंगाना समक्ष सपथ ग्रहण गरे लगत्तै मेयर पन्डितले शुक्लागण्डकी नगरपालिकामा आएर पदभार ग्रहण गरेका हुन्  ।  उनलाई नगरपालिका प्रमुख प्रशाशकिय प्रमुख लिलावल्लभ न्यौपानेले पदभार ग्रहण गराएका हुन्  ।

    नवनिर्वाचित मेयर पण्डितलाई शुक्लागण्डकि नगरपालिकाका कर्मचारीले स्वागत समेत गरेका छन्  ।उनी नेपाली काङ्ग्रेसका तर्फबाट नेकपा एमालेका मुक्तीनाथ तिम्सिनालाई पराजित गर्दै विजयी भएका हुन ।