याैन शाेषणमा परेकी युवतीलाई महिला मानवअधिकार रक्षक सञ्जालकाे साथ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    याैन शाेषणमा परेकी युवतीलाई महिला मानवअधिकार रक्षक सञ्जालकाे साथ

    खबरपुञ्ज संवाददाता

    ८ जेष्ठ २०७९, सोमबार

    दमाैली । ८ वर्षअघि आफूमाथि यौन शोषण भएको घटना सार्वजनिक गरेकी एक युवतीलाई महिला मानव अधिकार रक्षक सञ्जाल तनहुँले पनि साथ दिएको छ ।

    सन् २०१४मा भएको मिस ग्लोबल इन्टरनेशल प्रतियोगितामा सहभागी भएकी सुस्मिता रेग्मीलाई सोही कार्यक्रमको आयोजकले बलात्कार गरेको घटना देशव्यापि रुपमा विरोध भइरहेको बेला सञ्जालले पनि दाेषीलाई कारवाहीको माग तथा बलात्कार सम्बन्धि कानुन संशोधनको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

    सञ्जालले सोमबार प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालकै कार्यकक्षमा पुगी दोषी उम्किने वातावरण नबनोस् र पीडीत थप पीडीत बन्ने अवस्था नआओस् भन्दै ज्ञापनपत्र बुझाएको हो ।
    उक्त युवती नावालिका हुदाकै उमेरमा कार्यक्रम आयोजकले पेय पदार्थ सेवक गराइ बेहोस बनाइ बलात्कार गरेको तथा तस्वीर भिडियो रेडर्क गरेर ६ महिनासम्म लगातार ब्लाकमेलिङ गर्दै पटक पटक यौन शोषण गरेको घटना सार्वजनिक भएपछि उक्त घटनाको दोषिलाई कारवाहीको लागि चौतर्फी माग भइरहेको बेला सञ्जालको तर्फबाट समेत ऐक्यवद्धता जनाउदै पीडकलाई सजायको लागि दबाब सिर्जना गर्न ज्ञापनपत्र बुझाइएको सञ्जालकी अध्यक्ष कल्पना पौडेलले जानकारी दिइन् ।

    साथै हदम्यादसम्बन्धी कानुन व्यवस्थाले बल्लतल्ल न्यायको लागि आवाज उठाएकी पीडीतलाई हतोत्साहित गर्ने र अन्य यस्ता प्रकृतिका घटनाबाट पीडित भएकाहरुलाई पनि आवाज उठाउन साहस नआउने भन्दै हदम्याद खारेज गर्नुपर्ने समेत माग गरिएको सञ्जालकी सचिव अन्जना तिमल्सेनाले जानकारी दिइन् ।

    बलात्कार जस्तो जघन्य अपराधमा पीडितहरुले हदम्यादकै कारण न्याय पाउनबाट बञ्चित नहुन भन्ने उद्देश्यले हदम्याद खारेज हुनुपर्ने सञ्जालले माग राखेको छ । पीडीतलाई न्याय दिने सन्दर्भमा हदम्यादको कुराले पीडतलाई थप विक्षिप्त बनाउने उल्लेख गर्दै ज्ञापनपत्र मार्फत उक्त कानुन संशोधन तथा खारेजको माग गरिएको छ ।

    उक्त ज्ञापनपत्रमा महिला मानव अधिकार रक्षक सञ्जालको अतिरिक्त क्रियाशिल पत्रकार महिला समूह तनहुँ, सञ्चारिका समूह लगायतका संघसंस्थाले समेत ऐक्यावद्धता जनाएका थिए ।
    यद्यपि सडक देखि सदनसम्म उक्त विषयमा विरोध र बहस भएपछि प्रहरीले उक्त घटनाका आरोपी मनोज पाण्डेलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । साथै प्रहरीले अहिले घटनासँग जोडिएका अन्य व्यक्तिहरुलाई पनि अनुसन्धानको दायरामा ल्याइने प्रयास समेत गरिरहेको छ ।