बजेट भाषणमा तनहुँलाई उपेक्षा, समेटिएनन् नयाँ याेजना !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बजेट भाषणमा तनहुँलाई उपेक्षा, समेटिएनन् नयाँ याेजना !

    खबरपुञ्ज संवाददाता

    १४ जेष्ठ २०७९, आईतवार

    दमाैली । सरकारले आगाामी आर्थिक वर्षकाे बजेटमा तनहुँ जिल्लालाई उपेक्षा गरेकाे छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार बजेट सार्वजनिक गर्दा तनहुँमा महत्वपूर्ण याेजनाहरु समावेश भएका छैनन् ।

    नेपाली काङग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलकाे गृहजिल्ला समेत रहेकाे तनहुँमा याेजनाहरु नपरेपछि जिल्लावासी निराश भएका छन् ।

    जिल्लामा समावेश भएका केही याेजनाहरु भने अघिल्लाे वर्षकाे बजेटमै समेटिएकाे थियाे । नयाँ याेजना समावेश नभएपनि पुराना केही याेजनामा भने सरकारले बजेट विनियाेजन गरेकाे छ ।