सहकारीकर्मीलाईआधारभुत लेखापालन तालिम प्रदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सहकारीकर्मीलाईआधारभुत लेखापालन तालिम प्रदान

    खबरपुञ्ज संवाददाता

    १४ जेष्ठ २०७९, आईतवार

    दुलेगौँडा : तनहुँको दुलेगौँडामा सहकारी आधारभुत लेखापालन तथा व्यवस्थापन तालिम प्रदान गरिएको छ । गण्डकी प्रदेशको भुमी व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गतको सहकारी रजिष्ट्रारको कार्यालयको आयोजनामा ६ दिने तालिम प्रदान गरिएको हो ।

    दुलेगौँडास्थित शुभकामना बहुउदेश्यीय सहकारी संस्थाले तालिमको संयोजन गरेको हो । शुक्लागण्डकीमा कार्य क्षेत्र रहेका १५ सहकारी संस्थाका पदाधिकारी, व्यवस्थापक र कर्मचारी गरेर २४ जनाले तालिममा सहभागिता जनाएका छन् ।

    तालिम समापनको अवसरमा बोल्दै शुभकामना बहुउद्देश्यीय सहकारीका संस्थाका अध्यक्ष ऋषि बस्नेतले सहकारीकर्मीको क्षमता अभिवृद्धीका लागि बेलाबखतमा तालिमको आयोजना हुनुपर्नेमा जोड दिए ।

    सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका रजिष्ट्रार उदयबहादुर पराजुलीले सहकारी व्यवसायमुखी नभई सेवामुखी हुनुपर्ने बताए । उनले सहकारीको मूल्य मान्यता, लेखा प्रणाली, संकेत नम्बर बारे तालिममा सहभागीलाई प्रष्ट पारेका थिए ।

    कार्यालयका अधिकृत चोलाकान्त वाग्लेले लेखापालन, लेखा समीकरण परम्परागत र आधुनिक तरिकाबाट कसरी गर्न सकिन्छ भन्ने बारेमा सहजीकरण गरेका थिए ।

    यस्तै, राष्ट्रिय सहकारी बैंक दमौलीका प्रमुख उपेन्द्र दाहालले गोश्वारा भौचर, सहकारी खाता संरचना र वासलत विवरणको बारेमा स्पष्ट पारेका थिए ।