चर्को आलोचनापछि भोर्लेटारचोकको फोहर उठ्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चर्को आलोचनापछि भोर्लेटारचोकको फोहर उठ्यो

    खबरपुञ्ज संवाददाता

    १७ जेष्ठ २०७९, बुधबार

    दमौली । खबरपुञ्जले बुधबार बिहानै व्यास नगरपालिका-४ भोर्लेटारचोकस्थित दमौली खानेपानीको च्याम्बरमा फ्यॉकिएको फोहरको तस्वीर प्रकाशित गर्यो । नगरवासीले जथाभावी रुपमा फ्यॉकेको फोहरले नगरवासी आफैलाई गिज्याएको विषय त छँदै थियो, व्यासले फोहरमैला व्यवस्थित गर्न नसकेको भन्दै चर्को आलोचना पनि भयो ।

    चर्को आलोचना पछि नगरपालिकाले बुधबार दिउँसो उक्त ठाउँको फोहर उठाएको छ ।

    विगत पॉच वर्षको बीचमा पनि नगरपालिकाले स्थायी रुपमा फोहरमैला व्यवस्थापन केन्द्र बनाउन सकेको छैन । दमौलीको फोहरमैला व्यवस्थापन नगरपालिकालाई टाउको दुखाई बन्दै आएको छ । नगरपालिकाले कुहिने र नकुहिने फोहर वर्गीकरण गरी फोहर संकलन गर्दै आएको छ । तर स्थानीय तहको निर्वाचन सुरु भएसँगै नियमित रुपमा फोहर उठ्न सकेको थिएन ।

    व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले दुई दिन बिदाका कारण फोहर उठ्न नसकेको बताए । ‘फोहरमैला समस्या समाधानकै लागि आजै बैठक पनि बस्दैछौ,’उनले भने ।