शुक्लागण्डकीमा कार्यपालिका निर्वाचन आज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा कार्यपालिका निर्वाचन आज

    खबरपुञ्ज संवाददाता

    १८ जेष्ठ २०७९, बिहीबार

    दुलेगौँडा : शुक्लागण्डकी नगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनका लागि आज मतदान हुदैँछ । शुक्लागण्डकी नगरपालिकाको कार्यलयमा मतदान हुनेछ । कार्यपालिका सदस्यका लागि शुक्लागण्डकीमा नेकपा एमालेसँग नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले प्रतिष्पर्धा गर्दैछन् ।

    विहान १० देखी १२ बजेसम्म कार्यपालिका सदस्य चयनका लागि मतदान हुने निर्वाचन अधिकृत सरिता रायमाझीले बताईन् । मतदान सकिएपछि मतगणना हुने र निर्वाचित भएको प्रमाणपत्र दिईने उनले जानकारी दिईन् ।

    कार्यपालिका सदस्यका लागि एमालेले महिलातर्फ डोलमाया गुरुङ, रिता नेपाली, शारदा लम्साल, सितादेवी तिम्लिसिना र सुनिता सुनार विकलाई कार्यपालिका सदस्यको उम्मेद्वार बनाएको छ । यस्तै दलित अल्पसंख्यकतर्फ खिमबहादुर कुमाल, विमल जिसि र सन्तोष विकलाई उम्मेद्वार बनाएको छ ।

    नेपाली कांग्रेसले महिलातर्फ उमादेवी सुवेदी, तिलादेवी राना आले, मिठुमाया राना, लक्ष्मीदेवी भण्डारी र सृजना विकलाई उम्मेद्वार बनाएको छ । दलित अप्लसंख्यक तर्फ कांग्रेसका बसन्त लालचन र माओवादीका जौमाया सुनार र पोषबहादुर विश्वकर्माको उम्मेद्वारी परेको छ ।

    बैशाख ३० मा भएको स्थानीय तहको निर्वाचन मार्फत शुक्लागण्डकीमा मेयर उपमेयर सहित ६२ जना निर्वाचित भएका थिए । तिनै ६२ जनाले कार्यपालिका सदस्य चयन गर्न मतदान गरेका छन् ।

    शुक्लागण्डकी नगरपालिकाको नगरसभामा नेकपा एमालेले बहुमत सदस्य जितेको छ । ३५ नगरसभा सदस्य एमालेले जितेको हो । यस्तै कांग्रेसले मेयर सहित २४ नगरसभा सदस्य र माओवादी केन्द्रले उपमेयर सहित तीन नगरसभा सदस्य जितेको छ ।