बाढीपहिराका क्षति न्यूनीकरण र उद्धारका लागि ‘अभ्यास मनसुन २’ (फोटो सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बाढीपहिराका क्षति न्यूनीकरण र उद्धारका लागि ‘अभ्यास मनसुन २’ (फोटो सहित)

    खबरपुञ्ज संवाददाता

    २६ जेष्ठ २०७९, शुक्रबार

    दमौली । वर्षायाम सुरु भएसँगै सम्भावित डुबानबाट बच्न र बचाउनका लागि आवश्यक जनशक्ति तयार गर्ने, उद्धार तथा बाढीमा फसेका व्यक्तिको उद्धार गर्ने तरिका सिकाउने उद्देश्य सहित नेपाली सेनाको कालीभञ्जन गण (इ) ले सञ्चालन गरेको प्रशिक्षण अभ्यासको आज प्रदर्शन गरिएको छ ।

    व्यास नगरपालिका–५ चापाघाटस्थित गणले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई सम्मिलित गराई ‘अभ्यास मनसुन २’ को शुक्रबार प्रदर्शन गरेको हो ।

    व्यास–५ स्थित साँगे खोला र मादी नदीमा डुबेका मानिसको उद्धार गरी प्रशिक्षण सम्पन्न गरिएको गणका निमित्त गणपति सेनानी योगेन्द्रबहादुर रोकाले जानकारी दिए ।

    “वर्षेनी वर्षात्को समयमा आउने बाढी, पहिरा तथा डुबानले जनधनको क्षति पु¥याउने गरेकाले वर्षात्को समयमा हुन सक्ने सम्भावित क्षतिलाई न्यूनीकरण तथा बाढीबाट हुने क्षतिको तत्काल उद्धार गर्नका लागि समयमा नै सरोकारवाला निकायसँग समन्वय गरी जोखिमयुक्त इलाकाहरुको पहिचान, उद्धार तथा बाढीमा फसेका व्यक्तिको उद्धार गर्ने तरिकाको अभ्यास गरेका हौ,” उनले भने ।

    प्रशिक्षणमा गणका सेना, नेपाल प्रहरीका दश जना, सशस्त्र प्रहरी बलका सात जना, नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाका १४ जना प्रतिनिधिको सहभागिता रहेको थियो । सोक्रममा डुबेका व्यक्तिको खोज कसरी गर्ने, उद्धार कसरी गर्ने, प्राथमिक उपचार कसरी गर्ने र अस्पतालसम्म कसरी पु¥याउने भन्ने प्रयोगात्मक प्रशिक्षण दिइएको थियो ।

    वर्षायाममा जिल्लामा हुन सक्ने जोखिमका घटनाबाट बच्ने र बचाउने उपाय अवलम्बन गर्दै दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको गणले जनाएको छ ।