म्याग्दे । म्याग्दे गाउँपालिकाले सामुदायिक विद्यालयको लेखा सञ्चालन तथा व्यवस्थापनका लागि तालिम दिएको छ । गाउँपालिकाले जेठ २७ गतेदेखि २९ गतेसम्म लेखा र व्यवस्थापन सम्बन्धी तालिम दिएको हो । तालिममा ३० वटा विद्यालयका प्रतिनिधिको सहभागिता थियो ।
तालिममा गाउँपालिकाका लेखा अधिकृत नवराज पोख्रेलले र जिन्सी शाखा प्रमुख प्रदीप न्यौपानेले सहजीकरण गरेका थिए ।
कार्यक्रममा म्याग्देका शिक्षा शाखा प्रमुख बुद्धिसागर खनाल, शिक्षा शाखाकै महेश भट्टराईले बोलेका थिए ।