दमौली । ऑबुखैरेनी घर भएको र एनआइसी बैंक दमौलीको ऋण अधिकृत हूँ भन्दै एक व्यक्तिले दमौलीका सुनचॉदी व्यवसायीलाई ठगी गरेका छन् । बसन्त उपाध्याय नाम गरेका व्यक्तिले बैंकको कर्मचारी हूँ भन्दै सुन व्यवसायीलाई ठगी गरेका हुन् ।
उनले दमौलीस्थित एक सुन पसलबाट एक तोलाको सुनकाे औठी किनेको र ४१ हजार नगद दिई ६० हजारको चेक दिएका थिए । श्रीमतीलाई वैवाहिक वर्षगॉठको अवसरमा औठी उपहार दिने भन्दै उनले सानिमा बैंकको चेक दिएका थिए । चेक साट्न जॉदा उक्त खातामा पैसा नै नभएको पाएपछि आफू ठगिएको थाहा पाएको व्यवसायीले बताए ।
‘चार/पॉच पटक आफैले फोन गरेर म पैसा हाल्छु नआत्तिनुहोस पनि भनेका थिए,’ ती व्यवसायीले भने, ‘नुवाकोट, गोरखामा पनि ती व्यक्तिले यसरी नै ठगी गरेर हिँडेको पछि जानकारी पाएँ ।’
यस विषयमा तनहुँ सुनचॉदी व्यवसायी संघलाई पनि जानकारी गराइसकेको उनले बताए ।