उपप्रमुखलाई अप्ठ्याराे भएपछि नीति तथा कार्यक्रम वडा सदस्यले पढे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उपप्रमुखलाई अप्ठ्याराे भएपछि नीति तथा कार्यक्रम वडा सदस्यले पढे

    खबरपुञ्ज संवाददाता

    ९ असार २०७९, शुक्रबार

    दमाैली । व्यास नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम उपप्रमुख इन्दिरा दरैले प्रस्तुत गरिरहँदा उनलाई अप्ठ्यारो भएपछि वडा सदस्य सरोज भण्डारीले पढेका छन् । नगरपालिकाको शुक्रबार आयोजित ३७ औं नगरसभामा उपप्रमुख दरैले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा उनलाई अप्ठ्यारो महशुस भएपछि व्यास–४ का वडा सदस्य भण्डारीले बाँकी रहेको पृष्ठ पढेका हुन् ।

    करिब करिब आधाजसो पृष्ठ पढेकी दरैलाई अप्ठ्यारो भएपछि नगरप्रमुख एवं सभाका अध्यक्ष वैकुण्ठ न्यौपानेको निर्देशनमा भण्डारीले बाँकी रहेको पृष्ठहरु पढेका हुन् ।