जिससमा काङ्ग्रेस र माओवादीबीच सहकार्य गर्ने सहमति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिससमा काङ्ग्रेस र माओवादीबीच सहकार्य गर्ने सहमति

    खबरपुञ्ज संवाददाता

    १० असार २०७९, शनिबार

    दमाैली । जिल्ला समन्वय समिति तनहुँको निर्वाचनका लागि नेपाली काङ्ग्रेस र नेकपा (माओवादी) केन्द्रबीच सहकार्य गर्ने सहमति भएको छ । दुवै पार्टीका नेताहरुबीच शनिबार भएको बैठकमा असार १३ गते हुने निर्वाचनका लागि सहकार्य गर्ने सहमति भएको हो ।

    जिसस निर्वाचन प्रक्रिया अन्तर्गत भोलि आइतबार मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । नेपाली काङ्ग्रेसले प्रमुख र नेकपा (माओवादी) केन्द्रले उपप्रमुख पद लिने सहमति भएको नेपाली काङ्ग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए।

    काङ्ग्रेसका तर्फबाट प्रमुखको उम्मेदवार भने टुङ्गो लाग्न बाँकी रहेको छ । आइतबार बिहान १० देखि १२ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका रहेको छ । “भोलि बिहान ८ बजे पार्टीको संसदीय बोर्डको बैठक बसेर उम्मेदवार टुङ्गो लगाउँछौ,” खनालले भने ।

    जिसस निर्वाचनका लागि नेपाली काङ्ग्रेससँग दश र नेकपा (माओवादी) केन्द्रसँग चार मत छ । त्यस्तै नेकपा (एमाले) को छ मत रहेको छ ।