भिमादमा उद्घोषण तालिम सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भिमादमा उद्घोषण तालिम सुरु

    खबरपुञ्ज संवाददाता

    १० असार २०७९, शनिबार

    दुलेगौँडा : भिमादमा उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ । भिमाद नगरपालिका वडा नम्बर ६ को कार्यालयको आयोजनामा जनज्योति क्याम्पसको सभाहलमा शनिबारदेखी ६ दिने तालिम सुरु भएको हो ।

    एकल तथा विपन्न महिला, बालबालिका, दलित र अपांगता भएकाहरुको सशक्तिकरण कार्यक्रम अन्तर्गत उद्घोषण तथा नेतृत्व विकास तालिम आयोजना गरिएको हो । तालिमको भिमाद नगरपालिकाकी उपप्रमुख शारदा खनालले उद्घाटन् गरिन् ।

    सो अवसरमा बोल्दै उपप्रमुख खनालले तालिमलाई जिवनस्तर सुर्धान सदुपयोग गर्नुपर्ने बताईन् । ‘तालिममा लिएको प्रमाणपत्रलाई भित्तामा झुन्ड्याएर सिमित नपरौँ’, उनले भनिन् । तालिम लिएर सिर्जनात्मक ढंगले नेतृत्व तहमा आउन उनको आग्रह छ ।

    भिमाद–६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले सिकेर कहिल्यै नसकिने बताए । जन्मजात सिकेर कोही नआउने भएकाले जिवनभर सिकाइ जारी रहने उनको भनाई छ । उनले जनताले तिरेको करबाट जनतालाई नै आत्मनिर्भर बनाउने उदेश्यले तालिम दिएकाले उपयोगि हुनुपर्नेमा जोड दिए ।

    कार्यपालिका सदस्य इन्दिरा खड्काले तालिमलाई रोजगारीसँग जोडेर आत्मानिर्भर बन्नुपर्ने बताईन् ।

    नेकपा एमाले जिल्ला कमिटी सदस्य दिना गोतामेले सिकाईका लागि इच्छाशक्तिसँगै समय दिनुपर्ने उल्लेख गरिन् । वडा सदस्य कोपिला नेपालीको अध्यक्षतामा भएको तालिम उद्घाटनमा वडा सचिव भरत आचार्य, वडा सदस्य पदम श्रेष्ठ, बेलबहादुर थापा, प्रशिक्षार्थी विष्णु विकले बोलेका थिए ।

    तालिममा ५० जना बढी सहभागी छन् । असार १६ गतेसम्म चल्ने तालिममा पत्रकार विनोद ढुंगानाले सहजीकरण गर्नेछन् ।

    तालिममा सहभागीलाई भाषणकला, उद्घोषणकला, आत्माविश्वासी कसरी बन्ने, नेतृत्व कसरी गर्ने, सकरात्मक सोच, माइनुट लेखन, योजना माग लगायतका विषयमा प्रशिक्षण प्रदान गरिनेछ ।