सूचना प्रविधिको सही उपयोग गर्नुपर्छ : मन्त्री थापा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सूचना प्रविधिको सही उपयोग गर्नुपर्छ : मन्त्री थापा

    खबरपुञ्ज संवाददाता

    १० असार २०७९, शनिबार

    भिमाद । कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयका मन्त्री विन्दुकुमार थापाले सूचना र प्रविधिको सही रुपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकी प्रदेश समितिको आयोजनामा तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङमा शनिबारदेखि सुरु भएको सूचना, प्रविधि र अबको पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री थापाले प्रविधिको गलत ढङ्गबाट प्रयोग भइरहेको बताए ।

    सञ्चारकर्मीले अझ बढी सूचना र प्रविधिको प्रयोगबारे जानकारी लिनुपर्ने उल्लेख गर्दै मन्त्री थापाले यसको उपयोगिताबारे गम्भीर हुन आग्रह गरे। सञ्चारकर्मीले सत्यतथ्य समाचार प्रवाह गर्नुपर्ने उनको भनाई थियो ।

    नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकीका अध्यक्ष रुद्र श्रीस मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव शम्भुराज रेग्मी, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश उपाध्यक्ष सोनी शर्मा, फोनिजका निवर्तमान इन्चार्ज हुम गुरुङ लगायतले सूचना प्रविधिका बारेमा धारणा राखेका थिए ।

    आइतबारसम्म सञ्चालन हुने प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रममा फोनिजसँग आबद्ध सञ्चारकर्मीको सहभागिता रहेको छ ।