दमौली । नेपाली कांग्रेस तनहुँले जिल्ला समन्वय समिति प्रमुख र ६ सदस्यको नामावली टुंगो लगाएको छ । कांग्रेस तनहुँको आइतबार बसेको संसदीय दलको बैठकले उम्मेदवार टुंगो लगाएको हो।
जिसस प्रमुखका लागि शान्तिरमण वाग्ले सिफारिस भएका छन् । वाग्ले दोस्रो कार्यकालका लागि जिसस प्रमुख बन्न लागेका हुन् ।
सदस्यमा भानु-१३ का चिरञ्जीवि ढकाल, ऑबुखैरेनी-४ का नेत्र गुरुङ, ऋषिङ-२ की पानकुमारी खाँण, शुक्लागण्डकी-१० का तिलादेवी राना र म्याग्दे-४ का डोलबहादुर सुनार उम्मेदवार बन्ने भएका छन् ।