दमौली । बुल्दीखोलाले बगाएर घाइते व्यास नगरपालिका-११ निवासी युविना थापाको उपचारका लागि इनरह्लिव क्लव अफ दमौलीले आर्थिक सहयोग गरेको छ ।
पाठेघरमा काठको टुक्रा पसेर घाइते थापाको उपचारका लागि क्लवले ६ हजार दश सहयोग गरेको हो।
बसन्त आधारभूत विद्यालयमा अध्ययनरत थापाको पोखरामा उपचार भइरहेको छ । उनको बारेमा समाचार प्रकाशित भएपछि सहयोग जुट्ने क्रम जारी छ ।
क्लवले यसअघि पनि मिर्गौला पीडित, अपाङ्गता भएकाहरुलाई सहयोग गर्दै आएको क्लवकी पूर्व अध्यक्ष निर्मला मल्लले जानकारी दिइन् ।