दमाैली । व्यास नगरपालिका–२ न्युरोडमा ठेलामा आँप विक्री गर्ने एक फुटपाथ व्यवसायीको ठेला व्यास नगरपालिकाका नगर प्रहरीले नियन्त्रणमा लिएको छ । नगर अतिक्रमण गरी ठेलामा व्यवसाय गरेको भन्दै नगर प्रहरीले मंगलबार ठेला नियन्त्रणमा लिएको हो ।
नगर प्रहरीले ठेलाकाे आँपहरु सडकमा फालिदिएका छन् । यता नगरप्रहरीले भने साँघुरो सडकमा अतिक्रमण गरी व्यवसाय गरेको भन्दै ठेला नियन्त्रणमा लिएको जनाएको छ । ठेला तान्ने क्रममा आँप पोखिएको भन्दै नगरप्रहरीले आँप नफालेको नगरप्रहरी बताउँछन् ।
आँप सडकमा फालिदिएपछि ती व्यवसायी नगरप्रहरीमाथि आक्राेशित भएका थिए । नगर प्रहरीले सडकमा व्यापार गर्ने फुटपाथ व्यवसायी, तरकारी बेच्नेहरुको सामग्री बेला बेला नियन्त्रणमा लिँदै आएको छ ।
तस्वीर : असिया खातुन