दमौली । व्यास नगरपालिका-४ स्थित वीरता टोल विकास संस्था र जानकी आमा समूहको आयोजनामा योग विज्ञान शिविर हुने भएको छ । पतन्जली योग समिति दमौलीको सहयोगमा असार २५ देखि योग विज्ञान शिविर हुन लागेको हो।
व्यास-४ स्थित रामज्योति बोर्डिङ स्कूलको प्राङ्गणमा शिविर सञ्चालन गरिने वीरता टोलका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए।
मानिसको जीवनमा योगको महत्व रहेको र योगप्रति सर्वसाधारणलाई सचेतना जगाउन शिविर गर्न लागिएको उनले बताए।