दमाैली । व्यास नगरपालिकाले वडा विपद् समिति पुर्नगठन गर्ने निर्णय गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बैठकले कार्यविधि अनुसार वडा विपद् समिति पुर्नगठन गर्ने निर्णय गरेको हो । वडा विपद् समितिको संयोजकमा सम्बन्धित वडाका अध्यक्ष रहने व्यवस्था छ ।
बैठकमा व्यास नगरपालिका भित्र हालै आएको बाढी पहिराबाट भएको क्षति र तत्काल सम्बोधन गर्नुपर्ने वडागत विवरणको समिक्षा गरिएको छ । साथै वर्षाद्को समयमा सतर्क रहन र कुनै विपदजन्य समस्या भएमा ०६५–५६००३४ मा तत्काल सूचना दिन समेत नगरवांसीमा अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए।
बैठकमा व्यास नगर सभामा प्रस्तुत बजेट कार्यक्रममा आएका औपचारिक अनौपचारिक सुझावहरुका सम्बन्धमा समिक्षा गरि आगामी नगर सभामा संशोधन प्रस्ताव पेश गर्ने निर्णय भएको छ ।