महाधिवेशन प्रतिनिधिमा थोरै मतले चुकेका रुचाल इतर समूहमा, तयारी समितिमा मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    महाधिवेशन प्रतिनिधिमा थोरै मतले चुकेका रुचाल इतर समूहमा, तयारी समितिमा मनोनित

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०८३, शनिबार

    तनहुँ, २४ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ–१ बाट दलित खुलातर्फ महाधिवेशन प्रतिनिधिमा थोरै मतले पराजित भएका कृष्ण रुचाल अब पार्टीको इतर समूहमा आबद्ध भएका छन् ।

    कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले रुचाललाई तयारी समितिको सदस्यमा मनोनित गरेको पत्र प्रदान गरेका छन् ।

    यसअघि कांग्रेस संस्थापन पक्षको अधिवेशन प्रक्रियामा सहभागी रुचाल पछिल्लो समय इतर समूहमा खुलेका हुन् । महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुन नसकेका रुचाललाई इतर समूहले तयारी समितिमा जिम्मेवारी दिएपछि तनहुँको कांग्रेस वृत्तमा उनको समूह परिवर्तन र नयाँ जिम्मेवारी चर्चाको विषय बनेको छ ।